स्थानीयवासीले लगाएको विद्युतीय बारमा परेर हात्तीकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 29 | 10:10 am 1699

झापा, असार १२ : झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए । जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.