स्थानीय तहको भ्रष्टाचाविरुद्ध कांग्रेसको भण्डाफोर अभियान

रिपोर्ट नेपाल | 2018 Nov 19 | 06:59 am 1808

कञ्‍चनपुर, मंसिर ३ : कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि भ्रष्टाचारजन्‍य कृयाकलापमा संलग्‍न भएको भन्दै कांग्रेसले भण्डार अभियान चलाएको छ।

स्थानीय जनप्रतिनिधी विकासका काममा भन्दा कार्यक्रता पाल्ने काममा लागेको भन्दै नेपाली कांग्रेरेसले आइतबार कृष्णपुर नगर क्षेत्रमा विरोध र्‍याली निकाल्नुका साथै नगरपालिका घेराउ गरेको थियो। नेपाली कांग्रेस पैरवी तथा खबरदारी समिति कृष्णपुरले जनप्रतिनिधीलाई जनभावना अनुसार काम गर्न खबरदारी गरेको हो ।

कृष्णपुर नगरपालिकामा गत आर्थिक वर्ष विनियोजित विभिन्न योजनाहरुको बिना टेण्डर काम हुनुका साथै कार्यक्रताहरुलाई समेटेर मात्रै उपभोग्ता समिति बनाएको कांग्रेसको आरोप छ। स्थानीय तहबाट पाउने सेवा सुविधा पहुँचका भरमा र कार्यक्रतामुखी विकास गर्ने प्रवृतीको अन्त्य गरी जनतालाई सेवा सुविधाबाट वञ्चित नगराउन जनप्रतिनिधीहरुलाई नेपाली कांग्रेसले सचेत गराएको हो।

नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली कांग्रेस पैरवी तथा खबरदारी समिति कृष्णपुरका सभापति हेमराज ओझाले स्थानीय निर्वाचनको डेढ वर्षसम्म चुप लागेर बसेपनि जनप्रतिनिधीको नियत बिग्रिदै गएकाले नगरपालिकासम्म पुग्‍न बाध्य बनाएको बताए।

उपभोग्ता समितिदेखी ठुला योजनामा समेत आर्थिक चलखेल भएर जनताले तिरेको करको दुरुपयोग भइरहेकाले यसलाई तत्काल सच्याउन उनले जनप्रतिनिधीहरुलाई चेतावनी दिएका छन्। जनप्रतिनिधीले भ्रस्टाचार मात्र गरेकाले जनताले मागेको सुचना समेत दिन नमानेको भन्दै उनले आक्रोस व्यक्त गरे ।

स्थानीय तहमा विकास निर्माणका कामले गती लिनुका साथै वेरोजगारी समस्यापनि समाधान हुने आसामा बसेका जनताहरु झन हत्या हिंसा बलत्कार जस्ता अपराधिक क्रियाकलापले आतकिंत बनेको नेपाल विद्यार्थी संघकी सदस्य तुलसी जोशीले बताइन्। स्थानीय तहमा कर्मचारी मात्रै हुँदा विविध सेवा सुविधाबाट बञ्चित भएका सर्वसाधारणले हाल राजनितिक पहुँच नहुँदा समस्या भोग्नुपरेको उनले बताइन्। सरकारले विकास निर्माणका कामसंगै वेरोजगारीको अन्त्य गरी शान्ती सुरक्षा समेत कायम गर्न सके जनतालाई सरकारको आभाश हुने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.