स्कुल बसको ठक्करबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 17 | 05:35 pm 1726

 वीरगञ्ज, वैशाख ४ : वीरगन्जमा बुधबार बिहान स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दिल्ली पब्लिक स्कुलको ना १ ख ७७६७ स्कुलको बसले ना १३ च ५९८७ नम्बरको मोटरसाईकललाई माईस्थानमा ठक्कर दिँदा वीरगञ्ज महानगरपालिका १६ की ३२ वर्षीया पुनम चौरसियाको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाईकल चालक वीरगञ्ज महानगरपालिका १६ का शहिद हुसैन घाइते भएका छन् । घाइते हुसैनको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । बसका चालक ओमप्रकाश गिरीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.