स्कुटर चोरी गर्ने र एटीएम फुटाउने गिरोह प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Apr 10 | 06:04 pm 2201

काठमाण्डौ, चैत २७ : महानगरीय प्रहरी नयाँ बानेश्वर वृत्त एरियाका विभिन्न ठाउँमा स्कुटर चोरी गर्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

प्राप्त समाचार अनुसार काठमाण्डौ महानगरपालिका वडा नम्बर–३१ नयाँबानेश्वोर स्थित बिकास श्रेष्ठकको घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा ७८ प १०१३ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर चोरी भएको थियो ।

स्कुटर चोरी भएको भनि बिकास श्रेष्ठेले खोज तलास गरी पाउ भनी निवेदन दिएकोमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले चैत्र २१ गते काठमाण्डौ महानगरपालिका ३१ बाट बा ५० प ७६२ नम्बरको एभिएटर कम्पनीको स्कुटर चढिरहेको अवस्थामा बिबेक खनाल र अभिषेक बरामलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त स्कुटर सुरज थापाको भएको बताएका थिए ।

उनको बयानको आधारमा सुरज थापालाई खोजतलास गर्दै जाँदा निजको साथबाट बिकास श्रेष्ठको घर कम्पाउण्डबाट हराएको बा ७८ प १०१३ नम्बरको स्कुटर सहित फेला पारिएको थियो ।

प्रहरीले सोधपुछ गर्दा बिक्रम श्रेष्ठ र बिपिन गुरुङ्ग समेतको संलग्नतामा चोरी गरेको खुलेपछि निजहरु समेत गरी सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ घर भई काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वर बस्ने वर्ष १९ को सुरज थापा, रामेछाप थिर पानी गाँउपालिका १ भई घर काठमाण्डौ महानगरपालिका ३२ बस्ने वर्ष १९ को बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका ३ घर भई काठमाण्डौ बानेश्वर बस्ने वर्ष २१ को बिपिन गुरुङ, जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका घर भई काठमाण्डौ पुरानोबानेश्वर बस्ने वर्ष १८ को बिबेक खनाल र चितवन पुरानोपर्सा घर भई काठमाण्डौ बानेश्वर बस्ने वर्ष १८ को अभिषेक बरामललाई पक्राउ गरिएको छ ।

निजहरुको साथबाट धनि नखुलेको बा ५४ प २६८ नम्बरको एभिएटर कम्पनीको स्कुटर र बा ७८ प १०१३ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले चैत्र २६ गते राती काठमाण्डौ महानगरपालिका ३१ तिनकुनेमा रहेको एनसीसी बैंकको शाखा कार्यालयमा रहेको एटीएम मेसिन फोरेर चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाण्डौ महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ ।

तामाङको साथबाट प्रहरीले एटीएम फुटाउन प्रयोग गर्ने हतौडा , फलामको छिनो र मार्तोल बरामद गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको वृत्तका प्रमुख गोविन्दराज काफ्लेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.