स्कुटर चोरी गर्ने एक पक्राउ

| 2019 Apr 05 | 03:02 pm 2614

काठमाडौं, चैत्र २२ : चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई कपन साततले बस्ने १६ वर्षीय विकास रानामगर रहेका छन् ।

बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा २९प ६०७९ नम्बरको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीपछि प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.