सौराहामा पर्यटक बसले सेवा दिन थाले

रिपोर्ट नेपाल | 2020 Sep 23 | 01:07 pm 2096

 चितवन, असाेज ७ः सौराहामा पर्यटक बसले सेवा दिन थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौं र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।

सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौं र काठमाडौंदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए ।

बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ। उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौं जाने र एउटा काठमाडाैंबाट सौराहा आउने गरेका छन् । सौराहा आउने पर्यटक छैनन्, दाहालले भने, परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं । मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौं गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उनले बताए ।

सौराहाबाट चितवन सफारीले पनि काठमाडौंका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.