सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

रिपोर्ट नेपाल | 2022 Nov 19 | 07:46 am 1457

सोलुखुम्बु, मंसिर ३: सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्। फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन्।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ। सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.