सैनिक श्रीमती संघद्वारा सहयोग सामाग्री वितरण

| 2022 Feb 18 | 07:02 pm 1277

काठमाडाैं, फागुन ६ः सैनिक श्रीमती संघले बिहीबार मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ८, बलुवाही अशोक चोकस्थित श्री विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका ६१ जना बृद्धबृद्धाहरु तथा विराटनगर महानगरपालिका वडा नं. ५, हरिहर पथस्थित श्री पाणिनी संस्कृत विद्यालय (गुरुकुल) मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई सहयोग स्वरुप डस्ना, सिरक, तन्ना, खोल सहितको सिरानी तथा खाद्यान्न
सामग्रीहरु वितरण गरेको छ ।

उक्त सामग्रीहरु सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले वितरण गरेकी थिइन् । सो कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, श्री सैनिक श्रीमती संघका पदाधिकारीहरुको उपस्थिति रहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.