सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

रिपोर्ट नेपाल | 2021 Jul 29 | 07:48 am 1697

काठमाडौं, साउन १४ः बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।

प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.