काठमाडौँ साउन २६ : साताको पाचौँ दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।
बुधबार ५.११ अंकले घटेको नेप्स आज १९.०५ अंकले घटेर बन्द भएको छ । आज ०.९३ प्रतिशतले घटेर दुईहजार ३७.८३ को विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९.०५ अंकले घटेर दुई हजार ३७.८३ मा झरेको छ। बुधबार पनि ५.९१ अंकले घटेको थियो।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले घटेर ३९१.६६ मा झरेको छ। बुधबार पनि १.६८ अंकले घटेको थियो।
नेप्से घटेसँगै आज कारोबार पनि घटेको छ। आज २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर एक अर्ब ७८ करोड २३ लाख ३९ रुपैयाँमा कारोबार भएको छ।
आज लुघविद्यका शेयरधनीले ०.४६ प्रतिशतले नाफा कमाएका छन्। अन्य १२ वटै उपसमूहका लगानी कर्ताले घाटा ब्यहोरेका छन्।