सेनाको पोसाकमा कडाई, अरुलाई प्रयोग गर्न प्रतिबन्ध

रिपोर्ट नेपाल | 2019 Aug 02 | 03:30 pm 2892

काठमाडौं, साउन  १७ : नेपाली सेनाले सैनिक पोसाक प्रयोगमा कडाई गर्ने भएको छ । सैनिक पोसाक बजारमा बिक्री बितरण गर्न नपाइने भएको छ ।

सैनिक पोसाक आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको भन्दै गृह मन्त्रालयले एक सूचना जारी गर्दै सैनिक पोशाक बिक्री बितरणमा रोक लगाएको जनाएको छ ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी सुरक्षा गार्डहरुले पनि प्रयोग गर्ने गरेको भन्दै त्यसप्रति रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको आग्रहमा सैनिक बाहेक अन्य ब्यक्तिहरुले सो पोसाक प्रयोग गर्न नपाउने ब्यवस्था मिलाउन सरकारले ७७ जिल्लामा प्रशासक कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.