सेना, पुलिस योगदान देश (टी,पीसीसी) स्तर निर्धारणमा नेपाल दोश्रो स्थानमा

| 2021 Jul 18 | 05:26 pm 1565

काठमाडाैं, साउन ३ः मिति २०७८।०२।१७ गते (तदनुसार 31 May 2021) UN को Website मा प्रकाशित भए अनुसार
संयुक्त राष्ट्र संघको Troops/Police Contributing Countries (T/PCC) Ranking मा नेपाल तेश्रो स्थानबाट दोश्रो
स्थानमा रहेको छ । हाल नेपाल संयुक्त राष्ट्र संघको १२ वटा शान्ति स्थापनार्थ मिशनहरुमा सहभागि भईरहेको जानकारी गराईन्छ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रहरु मध्ये प्रथम देखि पाचौं स्थानमा क्रमश: बंगलादेश (६५५४ जना), नेपाल (५५७१ जना), भारत (५५२५ जना), ईथियोपिया (५४८८ जना) र रुवान्डा (५३३१ जना) रहेको समेत जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.