काठमाडौैं, साउन २२: बालुवाटारस्थित सुविसु कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । बुधबार दिउँसो आगलागी भएकाे थियाे ।
इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा लागेको आगो साढे २ बजे नियन्त्रणमा आएको बताइएकाे छ । इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गर्दा पनि आगो निभाउन नसकेपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाई आगो नियन्त्रणमा लिएको बताइएको छ ।