सुर्खेतमा जीप दुर्घटना, दुईको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 28 | 11:04 am 2435

काठमाडौं, मंसिर १२ : सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना भएकाे छ । दुर्घटनामा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बम रहेका छन् ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार बुधबार बिहान ८ बजे जीपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनामा घाइतेकाे उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.