सुर्खेतबाट बेपत्ता तीन बालिका बुटवलमा भेटिए

रिपोर्ट नेपाल | 2018 Dec 30 | 06:16 pm 1929

सुर्खेत, पुस १५ :  छ दिनदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरू आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्।

पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन्। परिवारले खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएपछि सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरी खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक निरज चौलागाईंले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आइतबार बिहान बुटवल बसपार्कमा भेटिएका हुन्। प्रहरीका अनुसार एकजना अपरिचित व्यक्तिको साथमा बालिका फेला परेका हुन्।

बुटवलले सुर्खेतमा बालिका र साथमा रहेका व्यक्तिलाई पठाउने तयारी गरिरहेको छ। बालिकाका साथमा रहेका व्यक्ति को हुन् भन्ने बारेमा अनुसन्धानपछि मात्रै थाहा हुने चौलागाईंले बताए।

सिम्ता गाउँपालिका-५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२ वर्षीया रिचिमा खत्रीसँगै बेपत्ता भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.