सुरक्षा कायम राख्न सरकार पुरै असफल रहेको नेतृ देउवाको भनाई

रिपोर्ट नेपाल | 2018 Aug 24 | 12:00 pm 2248

धनगढी, भदौ ८: नेपाली काँग्रेसकी नेतृ तथा पूर्व सभासद् आरजु देउवाले ७ नम्बर प्रदेशको सुरक्षा स्थिति दिनप्रतिदिन बिग्रदै गएकोले यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको बताएकी छन् ।

आज शुक्रबार धनगढी विमान स्थलमा पत्रकारसँग कुरा गर्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको दम्भ भएको आरोप लगाएकी छन् ।

सरकार शान्ति सुरक्षाको मामिलामा पुरै फेल भएको बताउँदै ठूल्ठूला अपराधीलाई अनेक वहानामा आममाफी दिंदा दण्डहीनता बढेको बताएकी छिन्।

कञ्चनपुरमा एक अबोध बालिकालाई बलात्कारपछि गरिएको हत्या र त्यसको फितलो अनुसन्धानलाई मध्यनजर गर्दा सरकारको रवैयाका कारण अपराधि र अपराधकर्म बढेको नेतृ देउवाको भनाई रहेको थियो ।

मुलुकी ऐनले यस्तो वातावरण नबनोस् भनेर कठोर नियम ल्याए पनि कार्यान्वयन पक्ष र सरकारले गरेको न्याय सबैले हेरिरहेको बताउँदै उनले यस्ता गतिबिधिका कारण दण्डहिनताले प्रश्रय पाईरहेको र अपराधिकघटना बढेको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.