काठमाडौं, पुस ३ : काठमाडौँको सुन्धाराबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध डाइजेपाम ५०० एम्पुल, बुप्रेनोर्फिन ५०० एम्पुल र फेनारगन ५०० एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडाैँ महानगरपालिका ३१ पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, वडा नं २१ जैसीदेवलका २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वीचपारण मोतिहारीका २१ वर्षीय विकासकुमार कुशवाह रहेका छन् । सोमबार साँझ पक्राउ परेका तीनै जनाको विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।