सुनसरीमा १० वर्षीया बालिकामाथि बलात्कृत

रिपोर्ट नेपाल | 2019 Jul 28 | 04:57 pm 2028

सुनसरी, साउन १२  :  एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले स्थानीय ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.