सुनचाँदीको भाउ घट्यो

रिपोर्ट नेपाल | 2018 Nov 11 | 06:56 pm 2078

काठमाडौँ, कात्तिक २५ :  सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत मङ्गलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोवार भएको थियो । त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ ।

अन्तरराष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.