सुनको लेपन/पेष्‍ट गरिएको कार्टुन सहित भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 03 | 06:59 pm 1113

काठमाडाैं, कात्तिक १७ः सुनको लेपन/पेष्‍ट गरिएको कार्टुन सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वर्ष ३९ का MOHAMMAD QASIM रहेका छन् ।

मिति २०७९/०७/०८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाण्डौं आगमन भएका यात्रु भारतीय नागरिक QASIM ले लिई आएको कार्टुन माथि शंका लागि च्याती हेर्दा कार्टुनको बीचको पत्रमा सुन जस्तो देखिने पंहेलो रंगको बस्तुले लेपन गरिएको थियाे ।

उक्त कार्टुनको तौल अन्दाजी २ किलाे ३ सय ५० ग्राम र उनलाई शौच गर्न लगाउँदा निजको मलद्वारबाट टेपले बेरिएको सेतो रंगको प्लाष्‍टिक भित्र सुन जस्तो देखिने पहेँलो रंगको बेलनाकार बनाइएको अर्धठोस पदार्थ पोका थान-२ को अन्दाजी तौल ३ सय ३१ ग्राम (प्लाष्‍टिक सहित) अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएकाे हाे । 

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएकोमा उनले लिई आएको कार्टुन र अर्धठोस पदार्थ पोका थान-२ नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा २ किलाे ३ सय ५० ग्राम कार्टुनलाई गलाए पछी आएको सुनको तौल ४२९.८२० ग्राम र निजले मलद्वारमा लुकाई लिई आएको ३३१ ग्राम (प्लाष्‍टिक सहित) लाई गलाएपछी आएको सुनको तौल २५०.८५० ग्राम गरी जम्मा सुनको कुल तौल ६८०.६७० ग्राम रहेको खुल्न आएको प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र जीसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.