सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्याे

| 2021 Jan 06 | 02:58 pm 2193

काठमाडौं, पुस २२: बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।  केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको हो।

मुल्य बढेसँगै छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै तेजाबी सुन तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यसैगरी चाँदीको मूल्यमा पनि  सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। प्रतितोला एक हजार ३४० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.