काठमाडौं, माघ ८: सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५ सयमा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजारमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८ सय ८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ ।