काठमाडाैं, पुस २६ः आइतबार सुनको भाउ ताेलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९३ हजारमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो शुक्रबारकाे तुलनामा २ हजार ३०० ले कम भएकाे हो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै चाँदी भने तोलामा रु ६० र ले ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३३० मा शुक्रबार कारोवार भएको चाँदी आज भने एक हजार २७० मूल्य निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।