सुन पसलबाट सुन ठगी गर्ने महिला पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 13 | 04:48 pm 1814

काठमाडौं, साउन २९ः सुन पसलबाट सुन ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शान्तीनगर वडा नं ६ घर भई हाल कामनपा ३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगर रहेका छन् ।

सिन्धुपाल्चोक घर भई हाल कामनपा ३१ नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरी अनुसार ४ लाख ३६ रकम बराबरको सुनका गरगहनाहरु विभिन्न वहाना बनाई ठगी गरेको ठगी मुद्धामा शारदालाई महाशाखाबाट खटिएको प्रहरी टोलीले २०७७ साउन २८ गते ज्ञानेश्वरबाट प्रकाउ गरिएको महाशाखाले जनाएको हो ।

पक्राउ परेकी शारदालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको बताइएको छ । साथै, उनले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले उनीबाट ठगीमा पर्नु भएको छ भने यस कार्यालयमा सम्पर्कमा आउनको लागि महाशाखाले अनुरोध गरेएको छ ।

ठगी गरेका गहनाहरुः
१. सुनको सिक्री डेढ तोला १ थान
२. सुनको लकेट ५४ लालको १ थान
३. सुनको ब्रासलेट १ तोला ५२ लालको १ थान
४ हिराको औठी १ थान
५. सुनको औठी ३५ लालको १ थान

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.