सुन तस्करी प्रकरणमा संलग्न तीन चिनियाँ नागरीक पक्राउ

| 2023 Aug 15 | 02:14 pm 1989

काठमाडौं, साउन ३० । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिए पछि सिनामंगल क्षेत्रबाट बरामद भएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चिनियाँ नागरीकको साथबाट ३० लाख रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।

मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर ल्याइएको सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ । यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले शुरु गरेको सो प्रकरणको अनुसन्धान अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.