सुन तस्करी काण्ड : पत्रकार गणेश प्रसादसहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 11 | 07:28 pm 5638

काठमाडौं, असार २७ : सुन तस्करी काण्डको अनुसन्धानका क्रममा एक जना पत्रकार पनि पक्राउ परेका छन् । सुन तस्करीको छानविन समितिले सूचना विभागको परिचयपत्र बोकेका एक जना पत्रकारसहित ३ पक्राउ गरेको छ ।

३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

प्रहरीले असार १६ मा नागढुङ्गाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि बुधबार केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो ।

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले ३ किलो सुनसहित पक्राउ परेका भारतीय आरोपीलाई नख्खु र सुन्धारा कारागारमा भेटन गएपछि अधिकारी अनुसन्धानको दायरामा आएको बताएका छन् । उनका अनुसार कारागारमा भेटघाटमा लागि गएका अधिकारी सुन ओसारपसार गर्ने कार्यमा सक्रिय रहेको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.