सुन जस्तो देखिने वस्तुसहित पक्राउ

| 2023 Jul 14 | 09:22 am 1781

मकवानपुर, असार २९।हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु सहित प्रहरीले वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरेको छ।सोनारको साथबाट प्रहरीले करिब ४ सय ९० ग्राम  प्रहरीले सुन जस्तो देखिने वस्तु बरामत गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार सोनारलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.