बैतडी, बैशाख ११: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ। बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पकाे धक्का महसुस गरिएको हो।
उक्त भूकम्पको केन्द्र बझाङको सुनकुडा आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। भूकम्पबाट कुनै पनि भाैतिक तथा मानवीय क्षेती नभएकाे बताइएकाे छ ।