सुदूरपश्चिममा भूकम्प

रिपोर्ट नेपाल | 2019 Jan 06 | 08:12 am 1830

बैतडी- सुदुरपश्चिम प्रदेशको बैतडी र दार्चुला जिल्लामा भूकम्प गएको छ ।

भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको केन्द्रले जनाएको छ ।

राति गएको भूकम्पले स्थानीयलाई त्रसित बनाएको थियो । भूकम्पबाट कुनै क्षती भने नभएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.