सुदूरपश्चिममा भुकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 Nov 12 | 12:44 pm 1727

बैतडी, कात्तिक २६: मंगलबार सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

मंगलबार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.