सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री सुवेदीले लिए सपथ

| 2018 Nov 13 | 05:10 pm 1870

धनगढी, २७ कात्तिक : सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।

मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकासमन्त्रीबाट सोडारीलाई बर्खास्त गरिएपछि मंगलबार सुवेदीलाई नियुक्त गरिएको हो।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन्।  शपथ ग्रहरणपछि मन्त्री सुवेदीले आफ्नो कार्यकालमा प्रदेशका समस्या हल गर्ने उद्घोष गरेका छन्।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनी बर्खास्तीमा परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.