सुत्केरी माइली तामाङको यसरी गयो ज्यान

रिपोर्ट नेपाल | 2018 Jul 05 | 01:14 pm 3845

नुवाकोट, असार २१ : एक्काइसौं सताब्दिको बैज्ञानीक युगमा पनि गाउँ वस्तीमा अझै पनि झाँक्रीको भर परेका कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । प्राप्त समाचार अनुसार

दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङलाई स्वास्थ्य सस्थामा नलगी झाक्रीलाई देखाइएको थियो । प्रसव पिडामा रहेकी माइलीलाई घरमै बच्चा जन्माउन बाध्य पारिएको थियो ।

अति पिडाले सुत्केरी भएपछि उच्च रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए । माइलीलाई

बुधबार दिउँसो सुत्केरी भएपछि साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि माइली नआएको र अहिले मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको अहेव श्रेष्ठले बताएका छन् ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पुर्याएको भए सुत्केरीको ज्यान बचाउन सकिने अहेव श्रेष्ठको भनाइ छ । उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.