सुख्खा बन्दरगाह निर्माणको विरोधमा आन्दोलन, ३० भन्दा बढी पक्राउ

| 2019 Jan 17 | 04:06 pm 2371

काठमाडौं, माघ ३ : काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा उत्र्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीले गर्न लागेको शिलन्यास कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै ३० भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दरगाहको प्रधानमन्त्री केपी ओलीले आज उदघाटन गर्ने कार्यक्रम छ । पहिले हिमाल सिमेन्ट रहेको स्थानमा सुख्खा बन्दरगाह निर्माण उपयुक्त नहुने भन्दै स्थानीय असन्तुष्ट रहेका छन् ।

स्थानीयले सिमेन्ट कारखानाले पुर्‍याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन । विश्व बैंकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो । १८ महिनामा बन्दरगाह तयार गर्ने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.