सुख्खा पहिरोले गोसाइँकुण्ड राजमार्ग अबरुद्ध

रिपोर्ट नेपाल | 2018 Dec 31 | 10:26 am 2256

रसुवा, पुस १६ : पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुनेछ।

राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताए। पहिरो गएको स्थान असहज भए पनि बटुवाको आवतजावत भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.