सिसा मिसिएको खाना खाँदा पाँचथरमा आठ जना बिरामी

रिपोर्ट नेपाल | 2019 May 16 | 12:12 pm 2209

पाँचथर, जेठ २: जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सिसा मिसिएको खाना खाँदा आठ जना बिमारी परेका छन् ।

बिरामी पर्नेहरुमा वडा नम्बर २ आरुबोटेका लक्ष्मी लिम्बु र मनीसा नेपालीको अवस्था गम्भीर रहेको छ । त्यसैगरि जस्मीना सेर्मा, सोना कुरुम्बाङ, मुना सेर्मा, मेनुका दास, युहाना सेर्मा र मन कुमारी लिम्बु बिमारी भएका हुन । बिरामी भएका सबै जनाको पाँचथर जिल्ला अस्पताल र मसर्पित हस्पीटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नूनमा कसैले सिसा मिसाइदिएको हुन सक्ने आशंका गरिएको छ। ढाका बुनाई तालिममा सहभागीले स्थानीय धनराज शेर्माको होटलमा थुक्पा खाजा खाएका थिए। बिरामी भएपछि खोजी गर्दा नूनमा सिसा मिसिएको भेटिएको आयोजक मिलन केन्द्र नेपालका अध्यक्ष बहादुर सिं नेम्बाङले बताए।

खाजा खाएका ११ जनामध्ये ८ जना बिरामी परेका हुन्। पेट तथा घाँटी दुख्ने, दिसामा रगत देखिन थालेपछि उनीहरूलाई उपचारका लागि पाँचथर सदरमकुाम फिदिम ल्याइएको छ।

प्रहरी कार्यालयका अनुसार होटलको नून बरामत गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। यसअघि प्रयोग गर्दै आएको नूनमा कसरी सिसा पर्यो भन्ने खुल्न नसकेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.