सूई आतंक मच्चाउने एक पक्राउ

| 2019 Jun 28 | 08:35 am 2637

काठमाडौं, असरा १३:   महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मच्चाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्की रहेका छन् । उनलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिाडेको आरोपमा पक्राउ गरेको हो।

उनले दिएकाे प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्।

कार्की ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले उनलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने  तयारी गरेकाे स्रोतले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.