- महेश सिंह
सिरहा, भदौ १६: जिल्लाको गोलबजार नगरपालिका ४ बाट अवैध लागूऔषधसहित एक युवकलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नम्बर १३ का गौरव कुमार सिंह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स ५ प ९६९२ नम्बरको मोटर साइकलमा लुकाइ छिपाई लगेको अबस्थामा सिंहको साथबाट १ सय ९५ पिस नाईट्रो जोपाम ट्याबलेट बरामद गरेको प्रहरीले बताए।
पक्राउ परेका सिंहलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसधान भई रहेको डिएसपी अपीलराज बोहराले जानकारी दिए ।