सिरहामा समाचकेवा महोत्सवमा सम्पन्न

रिपोर्ट नेपाल | 2019 Nov 14 | 02:12 pm 2543

  • महेश सिंह

सिरहा, कात्तिक २८: मधेस क्षेत्रका थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् ।

बुधबार लहान नगरपालिका १८ भदैयामा वडा स्तरीय प्रथम समाचकेवा महोत्सवमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने गर्छन् । उनीहरुसँगै तराईमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।

सबै जातजातिहरुको आ–आफ्नै किसिमका मौलिक परम्परा र संस्कृतिहरु रहेका छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी जनजाती थारुहरुको पनि आफ्नो अलगै किसिमको मौलिक परम्परा र संस्कृतिहरु रहेको छ।

जसमा समाचकेवा पनि एक हो। यो पर्व कात्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।

यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन् ।

यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्।

प्रदेश २ सिरहा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य लगनलाल चौधरीको प्रमुख अतिथि र प्रथम वडा स्तरीय समाचकेवा महोत्सव २०७६ मुल समारोह समितिका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा भरीका ६ वटा समुहमा बाजाँ गाजा सहित कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा मौलिक झँल्किने थारु गित ८० वर्षीय डोमि चौधरीले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वागत राम प्रसाद चौधरीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.