सिरहामा लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 11 | 10:54 am 1714

महेश सिंह

सिरहा, कात्तिक २५: अवैध लागूऔषधसहित तीन जनालाई प्रह्रीले पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ भिक्लाजुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउका ३० वर्षीय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर्षीय मो रियाज रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799  नम्बरको मोटरसाइकलमा आउँदै गरेको साथबाट प्रतिबन्ध औषधि नाइटरोभेट १४ पता, स्पासो ५ पता र गाँजा १० ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना र मोटरसाइकललाई आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारमा राखिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.