सिरहामा महिला हिंसामा कमि ल्याउन पत्रकार सम्मेलन

रिपोर्ट नेपाल | 2019 Nov 25 | 05:19 pm 2754

  • महेश सिंह

सिरहा, मंसिर ९ लहानमा ओरेक नेपाल र मुक्ति नेपालको संयुक्त आयोजनामा २८औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा पत्रकार सम्मेलन गरेको छ ।

ओरेक नेपालकी केन्द्रीय सदस्य श्यामकुमारी साहको अध्यक्षतामा आयोजना गरेको सम्मेलनमा नेपाल परियोजना कार्यालय सिरहा, मुक्ति नेपाल गोलवजार र जिल्ला प्रहरी कार्यालय सिरहाको अभिलेखमा रहेको बताए।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्व गुप्ता, नेपाल टेलिभिजनको सिरहा सम्वादाता हिरालाल चौधरी, नागरिक दैनिकको सिरहा सम्वादाता मिथिलेश यादव, रेडियो सरगमको म्यानेजर फिरोज शेख अन्नपूर्ण पोस्टको सिरहा सम्वादाता सम्भु यादव, आशिष बिश्वक्रमा, राम भरोसी यादव, बद्री यादव नेपाल पोस्ट दैनिकको महेश सिंह लगायत ३०भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा जनवरी १ देखि नोभेम्वर २२ सम्मको महिला माथि भएका हिंसाका घटनाको अवस्थालाई प्रस्तुत गरिएको थियो।

सम्मेलनमा सिरहा जिल्लाका संचारकर्मी, मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो । १ वर्षभित्र भएको महिला हिसांका घटना सार्वजनिक र १६ दिवसिय अभियानमा गर्ने कार्यक्रमको कार्ययोजनाबारे जानकारी समेत गराइएको थियो ।

ओरेक नेपाल सिरहाको बार्षिक अभिलेखिकरण अनुसार २०१९ जनवरि १ देखी नोभेम्बर २२ सम्म १ सय २२ वटा हिंसाको घटना भएको पाइएको छ ।

समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेसी सहभागीतामुलक समाजमा आमूल परिवर्तन र २०३० सम्ममा सबैले समान्ता र सबैको न्यायमा पहुँच पुगोस् भने ओरेक नेपालको उदेश्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.