सिरहामा भौतिक रुपमा विद्यालय संचालन

| 2021 Aug 27 | 05:51 pm 2041

सिरहा, भदौ ११ः लाहान लगायत जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरु बिहीबारदेखि संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पालना गरी हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन हुने जानकारी पत्रकार सम्मेलन मार्फत गराईएको हो ।

No description available.

लामो समय देखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको शैक्षिक र मानसिक स्तर तल झर्दै गएको भन्दै विद्यालय खोल्नुको विकल्प नरहेको वक्ताहरूले बताए ।

प्रत्यक्ष रुपमा पठनपाठन रोकिनुले बालबालिकामा नाकारात्मक प्रभाव परेको अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको, नेशनल प्याव्सनका केन्द्रीय सल्लाहकार तथा मेरी चिल्ड्रेन स्कुलका लाहानका प्रिन्सिपल पाण्डव हमाल ठकुरीले बताए ।

हमालले भने, पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन् साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन् । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खोल्न लागेको हो ।

कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरी विद्यालय संचालन गर्ने कार्यक्रम आयोजकले बताए ।

भदौ ९ गते बुधबार लाहान स्थित उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराईएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवस्यक भएको सो विज्ञप्तीमा जनाइएको छ । उनले ७७ औं जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए ।

हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको जानकारी गराए ।

उता प्याब्सनका प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहले लामो बन्दका कारण बाल मनोविज्ञानमा घातक असर पर्न थालेको बताएका छन । साहले भर्चुअल कक्षा सिराहाको लागि खासै प्रभावकारी नभएको जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.