सिरहामा प्रहरीद्वारा गाँजा खेती नष्ट

| 2019 Oct 19 | 09:59 pm 2023

  • महेश सिंह

सिरहा, कात्तिक २: जिल्लाको गोलबजार नगरपालिका १० बाट शनिबार करीब ८ हजार ५ सय गाँजाको बिरुवा प्रहरीले फडानि गरी नष्ट गरेको छ ।

विशेष सूचना आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सिरहाबाट खटिएको गस्ती टोलिले गोलबजार न पा १० मा अवैध रूपमा लगाइएको करीब ८ हजार ५ सय गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।

सिरहाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म हाम्रो गाजा फडानि काम जारी रहने बताए।

गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने एसपी चतुर्वेदीले जनाए।

नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको र सोही गाँजा भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे स्थानीयले बताए ।

नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाँजा खेतीका लागि रकम दिने गरेको अनुसनधानबाट पत्ता लागेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.