सिरहाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 18 | 09:23 am 1674

  • महेश सिंह

सिरहा, फागुन ६: गोलबजार नगरपालिका ७ पुरानो चहोर्वाबाट प्रहरीले दुई जना युवकलाई प्रतिबन्ध लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका ७ का २४ वर्षीय कृष्णा यादव र वडा नम्बर ४ का २२ वर्षीय प्रवेश महतो रहेका छन्।

विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई सोमबार प्रतिबन्ध (ब्राउन सुगर)सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको कोठामा बिक्री बितरणको लागि लुकाइ छिपाई राखेको प्लाष्टिकको पोकामा तयार पारिएको सानो–सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ ग्राम ब्राउन सुगर, मोवाईल ७ थान नगद १५ हजार १ सय ७ रुपैयाँ सहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदिले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.