सिरहाको लहानमा भब्य रूपमा उद्योग दिवस सम्पन्न

| 2021 Nov 26 | 11:44 am 2377

  • महेश सिंह

सिरहा, मंसिर १०ः उद्योग दिवसको उपलक्षयमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भव्य रुपमा सातौं उद्योग दिवस मनाएका छन्। स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थानमा जोड दिदै यस बर्षको उद्योग दिवस मनाएका हुन्।

No description available.

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उद्योग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा उद्योग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहेका थिए। कार्यक्रममा स्वागत मनतब्य कार्यालयको प्रतिनिधि बैजनाथ झाले राखेका थिए ।

बिशिष्ठ अतिथिहरुमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी राजबिराजका कार्यालय प्रमुख सुरेश सिंह, रामदेव ठाँकुर, गृल तथा स्टर ब्यबसायीका जिल्ला अध्यक्ष सुनिल गुप्ता, अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति मनोज बनैता यादव, ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डा. तपन कुमार दाहाल, सशस्त्र प्रहरी कार्यालय लहानका इन्चार्ज सुशील श्रेष्ठ, नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वकर्मा, एचटीपी खबरका सिरहा सम्बादाता प्रदीप सिंह, जसपा नेपालकी नेतृ तथा लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह रहेकी थिइन्।

प्रमुख अतिथि अशोक लाल अमात्यका अनुसार ठाँउ पहिचान गरेर उद्योगलाई प्रमोट गर्नु पर्छ। फिनासिएल स्पोर्ट्स गर्न जरुरी रहेको बताए।नियम कानुन बनाउने जनप्रतिनिधिहरुलाई सम्झौता गरे उद्योगीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिए। धेरै उद्योगीहरुको बिकास भएको चर्चा गरेका थिए।

महासंघका अध्यक्ष मनोज बनैताका अनुसार यहाँबाट दर्ता भएका फर्महरु संचालनमा छ की छैन भने अनुगमन गर्न आग्रह गरेका थिए। हालसम्म पनि कृषि उद्यमीहरुलाई पहुँच न भएको अवस्था देखिएको बताए। नेतृ रिता साहकी अनुसार उद्योग लिएर नै ब्यापारमा कहिले काहीं कमिकमजोरीको कारणले गर्दा ब्यापारीहरु दुःखी हुने गरेका छन्। करलाई नबढाउन कार्यालयसंग आग्रह गरेका थिए।

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उद्योग अधिकृत दिपेन्द्र कुमार यादवका अनुसार नेपालमा जबसम्म वैदेशिक रोजगारी घाट्दैन तबसम्म हामीले समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए। प्रदेश २ मै सबभन्दा उद्योग दर्ता भएको जिल्ला सिरहा नै हो उनले गर्भ गरेका थिए।

No description available.

आरएमसी प्रोडक्टका संचालक कुसेश्वर महतोका अनुसार बिना बैंकहरुको सहकार्यले उद्योहरु सम्भव नरहेको बताएका छन् । उक्त कार्यक्रममा दर्जनौं उद्योगीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उद्योग दिवसको उपलक्ष्यमा लहान २० का अपाङ्ग तथा असक्त लगन देब सदायलाई सम्मान गरेको अयोजकले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.