सिरहाको मालपोत कार्यालयमा अख्तियारको छापा, नायब सुब्बा पक्राउ, कर्मचारी भागाभाग

रिपोर्ट नेपाल | 2019 Jul 29 | 05:13 pm 1964

  • महेश सिंह महतो

सिराहा, साउन १३: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहास्थित मालपोत कार्यालयबाट पाँच हजार घुससहित मालपोतका नायब सुब्बालाई रंगेहात पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा अख्तियारका टोलीले सिरहाको मालपोत कार्यालयमा सोमबार कार्यालयको समयमा नायब सुब्बा र लेखन दासलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र बरियारपट्टी गाउँपालिका – ३ का ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् ।

पक्राउ परेका नायब सुब्बा र लेखनदासलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लैजाने तयारी गरिरहेको बताइएको छ ।

नायब सुब्बा पक्राउ परेसंगै कार्यालय प्रमुख रामबाबु मण्डल लगायतका कर्मचारीहरु भगाभाग भएका छन् । केही दिन अगाडी सिरहाको गोलबजार नगरपालिकाबाट अख्तियारको टोलिले ओभरसियरलाई घुस रकम सहित रंगेहात पक्राउ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.