सिरहा प्रहरीद्वारा दुई गोदाममा छापा लाखौंका सामान बरामद

| 2019 Oct 20 | 09:37 am 2233

  • महेश सिंह

सिरहा, कात्तिक ३: जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित दुई गोदाममा प्रहरीले छापामारेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठुलो परिमाणमा खाद्यवस्तु र अन्य सर सममान प्रहरीले बरामत गरेको हो ।

भारतबाट राजस्व छली गरी अवैध रूपमा जम्मा गरी राखेको दुई गोदामबाट करीब १३ लाख ३६ हजार ५ सय ५८ रुपैयाँ बराबरको मालसामान बरामद गरेको प्रहरीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लहानबाट ईन्स्पेकटर सुमित कुशवहाँको कमान्डमा खटिएको टोलिले सो गेदाममा छापा मारेको हो ।

उक्त गोदाममा लत्ताकपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताए।

बरामद गरिएको माल सामान आवश्यक कारबाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाए।

तस्करले अवैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्‍याउने गरेको देखीन्छ ।
सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो सिरहाको लागि पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.