सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

| 2022 Mar 13 | 10:24 am 1753

हुम्ला, फागुन २९ः सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।

उनले भने, “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गरेका थिए । उनले तीन दिन लगाएर सरसफाइ गरे । सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।

सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.