सिन्धुपाल्चोकमा टिपर दुर्घटना एकको मृत्यु, दर्जनभन्दा बढी घाइते

रिपोर्ट नेपाल | 2018 Oct 22 | 02:13 pm 3031

सिन्धुपाल्चोक, कात्तिक ५ :  जिल्लाको जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएकाे प्रहरीले जानकारी दिएका छन् ।

बा ४ ख ९०१७ नम्बरको टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।

एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.