सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या पन्ध्र पुग्यो

रिपोर्ट नेपाल | 2019 Dec 15 | 12:06 pm 1658

सिन्धुपाल्चोक, मंसिर २९ आइबार बिहान खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

दोलखाको कालिन्चोक दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडबाट खसेको थियो । दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।

घटनास्थलमै मृत्यु हुनेमा २ बालक, ८ महिला र २ पुरुष रहेका छन् । उपचारका लागि लग्दै गर्दा मृत्यु हुनेमा १ परुष १ महिला र १ बालक रहेको प्रहरीले जनाए । मृतकको सताखत हुन सकेको छैन । अन्य केही यात्रु गम्भीर घाइते अवस्थामा रहेका छन् ।

दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी खटिएर उद्धार कार्य भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.