सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४‍‍.७ रेक्टर स्केलको भूकम्प

रिपोर्ट नेपाल | 2022 Jul 25 | 07:15 am 1309

काठमाडौं, साउन ९: सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजेमा सिन्धुपाल्चोक हेलम्बु-इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए।

आसपासका जिल्ला काठमाडाैं उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.